कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

राष्ट्रपतिलाई राष्ट्रपति रनिङ सिल्डका लागि निम्ता 

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ ।

राष्ट्रपतिलाई राष्ट्रपति रनिङ सिल्डका लागि निम्ता 

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शीतल निवासमा राष्ट्रपति पौडेललाई निमन्त्रणापत्र प्रदान गरे । राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख रिखिराम पोखरेल सहभागी थिए ।

राष्ट्रपति रनिङ सिल्ड वैशाख ४ देखि ६ गतेसम्म काठमाडौंमा हुनेछ । उद्घाटन दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेशबाट ८ सय ५ खेलाडीको सहभागिता रहनेछ । ५० स्वर्ण, ५० रजत र ६६ कांस्य गरी १ सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको थियो ।

प्रकाशित : चैत्र १५, २०८० २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?