कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

एजेन्सी

चेन्नाइ — चेन्नाइ सुपर किंग्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्नै सुरुआती अंक तालिकाको शीर्ष स्थानमा रह्यो । यसका लागि उसले मंगलबार भएको खेलमा गुजरात टाइटन्सलाई सजिलै ६४ रनले पराजित गरेको हो ।

आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

जितले डिफेन्डिङ च्याम्पियन चेन्नाइको दुई खेलबाट चार अंक भएको छ । चेन्नाइले घरेलु मैदानमा भएको खेलमा शिभम दुवेको ५१ रनको मद्दतले छ विकेटमा २ सय ६ रन बनायो । त्यसमा दुवेले २३ बलको सामना गरेर दुई चौका र पाँच छक्का प्रहार गरे ।

जवाफमा नियमित अन्तरमा विकेट गुमाएको गुजरातले आठ विकेटमा १ सय ४३ रन मात्रै बनाउन सक्यो । साइ सुदर्शनको ३७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

प्रकाशित : चैत्र १४, २०८० ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?