कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

आईपीएल २०२४ : कोहलीको अर्धशतकमा  बेंगलुरु विजयी

एजेन्सी

बेंगलुरु — विराट कोहलीको अर्धशतकको मद्दतले रोयल च्यालेन्जर्स  बेंगलुरुले सोमबार पञ्जाव किंग्सलाई चार विकेटले पराजित गरेको छ । बेंगलुरु चार खेलको खेल बाँकी हुँदा जितसम्म पुगेको थियो । यस सिजन बेंगलुरुको यो पहिलो जित हो ।

आईपीएल २०२४ : कोहलीको अर्धशतकमा  बेंगलुरु विजयी

जितका लागि १ सय ७७ रन पछ्याएको बेंगलुरुले १९.२ ओभरमा छ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। त्यसमा कोहलीले ४९ बलमा ७७ रन जोडे । उनले ११ चौका र दुई छक्का प्रहार गरे ।

पहिले ब्याटिङ गरेको पञ्जावले छ विकेटमा १ सय ७६ रन बनाएको थियो । शिखर धवनले ३७ बलमा ४५ रनको योगदान दिए । कोहलीले दुई क्याच पनि लिए र उनी ‘प्लेयर अफ द म्याच’ रहे ।

प्रकाशित : चैत्र १३, २०८० ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?