२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

डि सिल्भा र मेन्डिस चम्के ब्याटबाट

एएफपी

सिलेट — श्रीलंकाका धनन्जय डि सिल्भा र कामिन्डु मेन्डिसले आइतबार बंगलादेशविरुद्धको पहिलो टेस्टको तेस्रो दिन ब्याटबाट दुर्लभ प्रदर्शन गरेका छन् । उनीहरू दुवैले टेस्टमा आ–आफ्नो दोस्रो शतक पूरा गरे ।

डि सिल्भा र मेन्डिस चम्के ब्याटबाट

यससँगै श्रीलंकाले बंगलादेशलाई जितका लागि ५ सय ११ रनको असम्भव देखिने लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाले ४ सय १८ रनको ठूलो स्कोर खडा गरेको हो ।

त्यसको जवाफमा बंगलादेशले ५ विकेट गुमाएर ४७ रन बनाएको छ र दयनीय स्थितिमा छ । निश्चित हारतर्फ अग्रसर बंगलादेश ४ सय ६३ रनले पछाडि छ ।

डि सिल्भा र मेन्डिजसको जोडी टेस्ट इतिहासमै एकै टेस्टका दुवै इनिङ्समा शतक बनाउने तेस्रो जोडीमात्र बनेका छन् ।

यसअघि अस्ट्रेलियाली च्यापल दाजुभाइ ग्रेग र इयान तथा पाकिस्तानका मिसबह–उल–हकर अजर अलिले यस्तै दुर्लभ ब्याटिङको नमुना पेस गरेका थिए ।

प्रकाशित : चैत्र ११, २०८० १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?