कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

देवदह क्रिकेट क्लबको सानदार जित, शंकरनगर ९ विकेटले पराजित

सन्जु पौडेल

तिलोत्तमा — ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ क्रिकेट फ्रतियोगिता अन्तर्गत शनिबारको खेलमा देवदह क्रिकेट क्लबले सानदार जित निकालेको छ ।

देवदह क्रिकेट क्लबको सानदार जित, शंकरनगर ९ विकेटले पराजित

सिद्धार्थ त्रिकेट मैदानमा शनिबार भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा देवदहले शंकरनगर क्रिकेट क्लबलाई ९ विकेटले हराएको हो ।

शंकरनगरले दिएको ६१ रनको झिनो लक्ष्य देवदहले १० ओभर एक बलमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । देवदहको जितमा सुमन पाण्डेले अर्ध शतकीय इनिङस् खेले । पाण्डेले ५२ रनको योगदान गरे । शंकरनगरका रुपेश बस्यालले १ विकेट लिए ।

सिद्धार्थ क्रिकेट मैदानमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले २० ओभर २ बलमा अलआउट हुादै ६० रन बनाएको थियो । शंकरनगरका लागि केशव पौडेलले १० रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन । शंकरनगरलाई सस्तैमा रोक्न देवदहका सुरज खड्काले सर्वाधिक ६ विकेट लिए । खड्काले ६ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर २० रन खर्चिए । यस्तै, अर्जुन रायमाझीले ४ विकेट लिए । शनिबारको खेलमा देवदहका सुरज खड्का प्लेयर अफ द म्याच घोषित भए ।

प्रकाशित : चैत्र १०, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?