कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

सन् २०१२ मा आजकै दिन : तेन्दुलकरको रेकर्ड

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (मार्च १६) मा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय खेलमा एक सय शतकको रेकर्ड बनाएका थिए । उनले बंगलादेशविरुद्ध ढाकास्थित मिरपुर स्टेडियममा भएको खेलमा सयौं शतक प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतक प्रहार गर्ने तेन्दुलकर एकमात्र खेलाडी हुन् । 

सन् २०१२ मा आजकै दिन : तेन्दुलकरको रेकर्ड

भारतको महाराष्ट्रमा १९७३ मा जन्मिएका तेन्दुलकरले १९८९ मा १६ वर्षको उमेरमा भारतीय राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनले एकदिवसीय खेलमा ५१ र टेस्टमा ४९ शतक हानेका हुन् । उनले ६ सय ६४ अन्तर्राष्ट्रिय खेलमा ३४ हजार ३ सय ५७ रन बनाएका छन् । जुन दोस्रो स्थानमा रहेका श्रीलंकाका क्रिकेटर कुमार सांगाकाराको भन्दा ६ हजार रन बढी हो ।

क्रिकेटका सर्वकालीन महान् ब्याट्सम्यान तेन्दुलकरले एकदिवसीय खेलमा १८ हजार ४ सय २६ र टेस्ट म्याचमा १५ हजार ९ सय २१ रन जोडेका छन् । तेन्दुलकरले २०१३ को नोभेम्बरमा खेल जीवनबाट संन्यास लिएका थिए । उनले २०१० फेब्रुअरी २४ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक हानेका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा तेन्दुलकरले १४७ बल खेल्दै नटआउट २ सय रन बनाएका थिए ।

त्यसयता एकदिवसीय खेलमा दुई महिलासहित १० खेलाडीले दोहोरो शतक हानेका छन् । रोहित शर्मा (तीन पटक), मार्टिन गुप्टिल, अमेलिया केर, बेलिन्दा क्लार्क, वीरेन्द्र सहवाग, क्रिस गेल, फखर जमान, इशन किसन, शुबमन गिलले दोहोरो शतक बनाइसकेका छन्  ।

प्रकाशित : चैत्र ३, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?