कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

राष्ट्रिय भलिबल उपाधि एपीएफले जित्यो

दीपेन्द्र शाक्य

संखुवासभा — गण्डकी प्रदेशलाई ३–१ को सेटले हराउँदै मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ । 

राष्ट्रिय भलिबल उपाधि एपीएफले जित्यो

संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई १४– २५, २५ –२३, २५– २१, २५ –२१ को सेटले हराएको हो । प्रतियोगितामा एपीएफका विजय थापा सर्वोकृष्ट खेलाडी घोषित भए । एपीएफका विनोद चन्द बेष्ट डिफेन्डर, लोकेन्द्र गिरी बेष्ट सेटर घोषित भए ।

गण्डकी प्रदेशका रवि केसी वेष्ट स्पाईकर, विश्वास अधिकारी वेष्ट सर्वर, सरोज बर्देवा उत्कृष्ट ब्लकर र उत्कृष्ट कोच एपीएफका पुष्पजंग मल्ल बने ।

विजेता एपीएफले ३ लाख नगद पायो । उपविजेता बनेको गण्डकी प्रदेशले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो भयो ।

प्रतियोगितामा विभागीय टोलीसहित ८ टिम सहभागी थिए । वागमती र मधेस प्रदेश भने प्रतियोगितामा सहभागी भएनन् ।

प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले आयोजना गरेको हो । विजयी टिमलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीलगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित : फाल्गुन १९, २०८० १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?