महिला विश्वकप : फ्रान्स र जमैका अन्तिम १६ मा, ब्राजिल बाहिरियो

एजेन्सी

मेलबर्न — उपाधिको बलियो दाबेदार मानिएको ब्राजिल महिला विश्वकप-२०२३ को लिग चरणबाटै बाहिरिएको छ । समूह ‘एफ’ को बुधबार भएको खेलमा ब्राजिल जमैकाको हातबाट गोलरहित बराबरीमा रोकिएको हो । यस समूहबाट फ्रान्स र जमैका प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । 

महिला विश्वकप : फ्रान्स र जमैका अन्तिम १६ मा, ब्राजिल बाहिरियो

अर्को खेलमा फ्रान्सले पानामालाई ८ गोलको रोमाञ्चक खेलमा ६–३ ले हरायो ।

फ्रान्स तीन खेलबाट ७ अंकसहित समूह विजेता रह्यो । जमैका पाँच अंकमा दोस्रो स्थानमा रह्यो भने ब्राजिल ४ अंकमै सीमित रह्यो । ब्राजिललाई नकआउट चरण पुग्न निश्चित जित आवश्यक थियो । पानामा भने सबै तीनै खेलमा पराजित रह्यो ।


प्रकाशित : श्रावण १७, २०८० १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?