कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सभामुखले बोलाए प्रमुख सचेत र सचेतकहरूको बैठक

काठमाडौँ — सभामुख देवराज घिमिरले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आइतबार दिउँसो २ बजे  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका छन् ।

सभामुखले बोलाए प्रमुख सचेत र सचेतकहरूको बैठक

सरकारको वार्षिक नीति तथा कार्यक्रम आउँदो मंगलबार पेस गर्ने तयारी छ । बजेट अधिवशेन सुुरू भएकै दिन सहकारीमा भएको बचत अपचलनबारे छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूबीच विवाद बढेपछि संसद्को चल्न सकेको छैनन् ।

संसद्मा कांग्रेसको अवरोध जारी रहेकाले नीति तथा कार्यक्रम नै पेस हुने कि नहुने भन्ने अन्योल छ ।

प्रकाशित : वैशाख ३०, २०८१ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?