कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको साथमा एसपीए

मोहन बुढाऐर

धनगढी — चौथो सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९ लाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मुख्य प्रायोजन गर्ने भएको छ ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको साथमा एसपीए

अवार्डको मुख्य प्रायोजनका लागि मंगलबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाका अध्यक्ष प्रदीप पाठक र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एसपीएका शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिदै अगाडि बढ्ने जानकारी दिए ।

सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकसहित विभिन्न ८ विधामा अवार्ड दिइने जनाइएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीले जनही ३५ हजार, उत्कृष्ट प्रशिक्षकले ३० हजार, युवा, स्पेसल र लाइफटाइमका विजेताले २५–२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम आइकन हुनेले २० हजार पाउनेछन् ।

चौथो संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्ड धनगढीमा असार ८ मा आयोजना हुनेछ ।

प्रकाशित : जेष्ठ १६, २०८० २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?