कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिभिषा बनिन् नेपालको पहिलो महिला व्यावसायिक बक्सर

काठमाडौँ — बिभिषा श्रेष्ठले चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट उपाधि हात पारेकी छन् । उपाधिसँगै श्रेष्ठ पहिलो नेपाली महिला व्यावसायिक बक्सर बनेकी छन् ।

बिभिषा बनिन् नेपालको पहिलो महिला व्यावसायिक बक्सर

उनले स्पेसप्लस बैंककान आयोजित हाइल्यान्ड बक्सिङ प्रमोसन्स अन्तर्गत शनिबार आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी दमोन्था थानीलाई पराजित गरेकी हुन् ।

यो एसियाको शीर्ष बक्सिङ प्रमोशन प्रतियोगिता मध्ये एक हो। बिभिषाले एबिसीको नियम अनुसार एटओजेड ग्लोभ्स र हेड गियर बिना चार राउन्ड प्रतिस्पर्धा गरेकी हुन् ।

हाइल्यान्ड प्रमोशन डब्ल्युबिसी, डब्ल्युबिए, एबिएफ र डब्ल्युओबीबाट मान्यता प्राप्त प्रतियोगिता हो ।


प्रकाशित : जेष्ठ १५, २०८० १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?