कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिमरामा आयोजक र चितवन भिड्ने

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा बिहीबार फ्लडलाइटमा हुने जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्नेछन् ।

सिमरामा आयोजक र चितवन भिड्ने

जगदम्बा स्टिल मुख्य प्रायोजक रहेको मोफसलकै प्रतिष्ठित प्रतिष्ठित प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।

‘प्रतियोगिता व्यवस्थित, प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक ढंगले सञ्चालन हुनेछ,’ तयारीबारे उनले पत्रकार सम्मेलनमा भने, ‘मैदान आकर्षक बनाइएको छ ।’

प्रतियोगितामा ‘ए’ डिभिजनका ५ क्लबसहित १० टिमको सहभागिता रहनेछ । साबिक विजेता एनआरटी, एपीएफ, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बीएफसी चितवन, मकवानपुर ११ हेटौंडा, वाग्मती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

चैत १८ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ ।

प्रकाशित : चैत्र ८, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?