हिमालयन शेर्पाद्वारा पुलिस पराजित

सातदोबाटोको लगातार दोस्रो जित
कान्तिपुर संवाददाता

काठमाडौँ — अमृत श्रेष्ठले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलको मद्दतले हिमालयन शेर्पाले बुधबार सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा पुलिसलाई १–० ले हराएको छ । च्यासल मैदानमा अर्को खेलमा सातदोबाटोले एपीएफलाई १–० ले नै पराजित गर्न सफल रह्यो । उसले लगातार दोस्रो जित निकाल्यो ।  

हिमालयन शेर्पाद्वारा पुलिस पराजित

दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला अमृतले पुलिसको पेनाल्टी एरियामा प्राप्त अवसरलाई गोलमा परिणत गरेका थिए । त्यसअगाडि पहिलो हाफमा हिमालयन पेनाल्टीमा गोल गर्न चुकेको थियो । निशाल लिम्बूको प्रहार पुलिस गोलरक्षक सत्रुधन चौधरीले रोकेका थिए ।

यो जितपछि हिमालयनको दुई खेलबाट ४ अंक भएको छ । खराब सुरुआत लिएको पुलिसको भने यो लगातार दोस्रो हार हो र शून्य अंकमा रहेको छ ।

सातदोबाटोको जितमा विलियम असिडुले ५५ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि सातदोबाटोको दुई खेलबाट ६ अंक भएको छ । एपीएफ भने तीन अंकमै सीमित रह्यो ।


प्रकाशित : फाल्गुन २४, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?