कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याड्रिडले दूरी छोट्यायो

एएफपी

म्याड्रिड — रियल म्याड्रिडले ला लिगामा बिहीबार भ्यालेन्सियालाई २–० ले हराएर शीर्षस्थानमा रहेको बार्सिलोनासँगको दूरी पाँच अंकमा झारेको छ ।

म्याड्रिडले दूरी छोट्यायो

मार्को एसेन्सियो र भिनिसियस जुनियरले दोस्रो हाफमा तीन मिनेटभित्र गोल गरे । सान्टियागो बर्नाबाउमा भिनिसियसलाई पछाडिबाट डरलाग्दा रुपमा प्रहार गरेपछि भ्यालेन्सियाका ग्याब्रियल पाउलिस्टाले रातो कार्ड बेहोरेका थिए ।

खेलमा रियलको वर्चस्व रह्यो । तर, कप्तान करिम बेन्जेमाले दोस्रो हाफमा चोट बोक्दै मैदान छाड्नुपर्यो । उनलाई तीघ्रामा समस्या भयो । एडर मिलिताओ पनि उस्तै समस्या बेहोर्दै बाहिरिए । प्रशिक्षक कार्लो एन्सेलोटीले बेन्जेमाको चोट सामन्य रहेको बताए मिलिताओले भने आइतबार रियल मालोर्काविरुद्धको खेल गुमाउन सक्नेछन् ।

खेल भिनिसियसमाथि ग्याब्रियलको ट्याकलको लागि सम्झिइने छ । २२ वर्षीय भिनिसियसले रियलको लागि २ सय खेल खेल्दै ५० औं गोल गरेका हुन् । ‘हामीले भिनिसियसलाई जोगाउनु पर्छ । उनी खुला किसिमका छन्, धेरै ड्रिबल्स गर्छन् र त्यसतो तरिकाले डिफेन्स गर्नु हुदैन,’ रियलका गोलकिपर टिबाउट कोर्टियसले भने, ‘हामीलाई त्यसतो खालको भिनि आवश्यक छ । उनलाई धेरै खेलमा प्रहा गरिएको छ । रेफ्रीले पाउलिस्टालाई मैदानबाहिर पठाएकोमा खुशी छु । भिनिको सम्बन्धमा मात्रै होइन, हामीले त्यसतो गर्‍यो भने हामीलई पनि रातो कार्ड दिइनुपर्छ ।’

प्रशिक्षक गेनारो गटुसोले सोमबार आपसी सहमतिमा पद छाडेपछि अन्तरिम प्रशिक्षक भोरोले भ्यालिन्सयाको टिम सम्हालेका थिए । उनी आठौंपल्ट कार्यवाहक भएका हुन् । उनको लागि डिफेन्डिङ च्याम्पियनविरुद्धको खेल कठिन रह्यो । १४ औं स्थानमा रहेको भ्यालेन्स्यिा रेलिगेसन क्षेत्रभन्दा एक अंकमात्रै माथि छ ।

प्रकाशित : माघ २२, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?