बलात्कार अभियुक्त लामिछाने पनि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा- खेलकुद - कान्तिपुर समाचार

बलात्कार अभियुक्त लामिछाने पनि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणको टोलीमा समावेश गरेको छ ।

नामिविया र स्कटल्यान्डमा हुने खेलका लागि क्यानले लामिछानेसहित २० क्रिकेटरलाई बन्द प्रशिक्षण टोलीमा समावेश गरेको हो ।

पुस २८ गते उच्च अदालतले अभियुक्त लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । क्यानले लामिछानेमाथिको कारबाही फुकुवा गरेको दुई दिनपछि नै बन्द प्रशिक्षण सूचीमा राखेको हो ।

जवकि क्रिकेटर लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ । उक्त निवेदनमाथिको सुनुवाइ भने शुक्रबारका लागि तोकिएको छ ।


प्रकाशित : माघ १९, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्

भेट्रान ५५ वर्षमाथि कपुरलाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण पदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले आयोजक टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११, ११–७ को सेटमा पराजित गरे । टिम सम्झनाका प्रकाश धाख्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए ।

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगितामा ४ स्वर्णको छिनोफानो भइसकेको छ । यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोबल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लब तथा भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष/महिला सिंगल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुन बाँकी छ ।

प्रकाशित : माघ १९, २०७९ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×