कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए  

अर्जुन शाह

धनगढी — भागबण्डाको किचलोका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए  

मुख्यमन्त्री सोडारीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीकाअनुसार एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना, एक जना एकीकृत समाजवादीका र एक जना स्वतन्त्र सांसद गरी थप आठ जना मन्त्री नियुक्त भएका छन् ।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका छन् ।

एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक, एकीकृत समाजवादीका माया पन्तलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ । यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित ११ सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् । सोमबार नै नवनियुक्त मन्त्रीहरुको शपथको कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।

यता माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर किचलो भएको छ । पाँच जना सांसदहरुले संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका छ्न् ।

सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् । माओवादीका सभामुखसहित ११ सांसद छन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x