कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना बिहीबार भएको र प्रहरिले शुक्रबार जानकारी पाएको जनाएको छ । उनी हिजो बेलुकीतिर लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन भएको छ । घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित : चैत्र १६, २०८० १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?