कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

अर्जुन शाह

धनगढी — प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्य कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए । तर केही केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको स्रोतले जनाएको छ ।

२१ सदस्यीय केन्द्रीय समितिमा बहुमत सदस्य उपस्थित भएर निर्णय गरिएको पण्डितले दाबी गरे । केन्द्रीय सदस्य पण्डितले केन्द्रमा तयार भएको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय भएको प्रस्ट पारे ।

‘केन्द्रमा जुन गठबन्धनलाई साथ दिएको छौं, प्रदेशमा पनि त्यहीँ गठबन्धनलाई पनि लैजाने निर्णय भएको छ,’ उनले भने ।

प्रकाशित : चैत्र १४, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?