१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

१२ वर्षिया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ 

मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका-१४ मा १२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठककाअनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी छन् । आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए ।

'आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको हो ।शनिबार साँझै बाबुलाई नियन्त्रणमा लिइएको छ । र म्याद थप गरी थप अनुसन्धान भइरहेको छ,' उनले भने ।

बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ । आमाछोरीलाई सेफ हाउसमा राखिएको छ ।

प्रकाशित : फाल्गुन २७, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?