पहिरोले केआईसिंह राजमार्ग अवरुद्ध
धनगढी — अविरल वर्षापछि पहिरो जाँदा सुदूर पहाडका तीन जिल्ला जोड्ने केआईसिंह राजमार्ग शनिबार रातिदेखि अवरुद्ध भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार केआईसिंह राजमार्गको डडेलधुरा सडक खण्डमा पर्ने रडुवामा पहिरो जाँदा शनिबार रातिदेखि डोटी, अछाम र बाजुरा जोड्ने यातायात सेवा अवरुद्ध भएको हो ।
गन्यापधुरा गाउँपालिका–२ को रडुवाको माथिबाट पहिरो झर्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । निरन्तर वर्षाले राजमार्ग सफा गर्ने काम सुरू हुन सकेको छैन । शनिबार तराईका कैलाली कञ्चनपुरबाट गएका धेरै सवारीसाधन डडेलधुरा क्षेत्रमै रोकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया