कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ । घाइते वडाध्यक्ष रविन्द्र देवकोटाकी आमा कमलाले दिएको जाहेरी आइतबार दर्ता भएको हो ।

वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले जाहेरी दर्ता भएको र आरोपितहरुलाई पक्राउ गरिने बताए । शनिबार दिउँसो युवा संघको जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा असन्तुष्ट समूहले अध्यक्ष देवकोटमाथि आक्रमण गरेको थियो ।

हाल उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनगढीबाट पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले शुक्रबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले नै घोषणा गरेको युवासंघको कमिटीको विरोधमा अर्काे समूहले समानान्तर कमिटीसमेत गठन गरेको छ । त्यसअघि निर्वाचन कार्यतालिका तथा मतदाता नामावली टाँस्ने बेला अध्यक्ष देवकोटामाथि आक्रमण भएको हो ।

प्रकाशित : श्रावण २८, २०८० १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?