कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो

अर्जुन शाह

धनगढी — गठन भएको झन्डै ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्दै बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।  शाहले दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । 

६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो

नागरिक उन्मुक्ति पार्टीका सांसदहरू रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन् भने अर्का सांसद कैलाश चौधरी सोही मन्त्रालयमा राज्यमन्त्री नियुक्त भए । गत माघ २७ गते गठित कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुरुदेखि नै मन्त्रीविहीन थियो ।

कांग्रेसको तर्फबाट मन्त्री रहेका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी मृत्यु भएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कांग्रेसले सांसद शिवराज भट्टलाई मन्त्री पठाएको छ । प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरूको शपथ गराएका छन् ।

आन्तरिक मामिलामन्त्रीमा नियुक्त भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित सांसद हुन् भने नागरिक उन्मुक्तिका रामेश्वर चौधरी कैलाली २ (२) र कैलाश चौधरी कैलाली १ (१) बाट निर्वाचित सांसद हुन् । रामेश्वर चौधरी यसअघि संसदीय दलको नेता थिए । उनी मन्त्री हुन इच्छुक भएपछि वैशाख महिनामै दलको नेता घनश्याम चौधरीलाई बनाइएको थियो ।

प्रकाशित : श्रावण १७, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?