२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

ज्योति कटुवाल

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेलले प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न नसकेको बताए । प्रदेश तहमा हुने योजना छनोटको तरिका बदल्न नसक्दा सोचेको जस्तो विकास हुन नसकेको उनले बताए । 

प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न सकेका रहेनछौं : मुख्यमन्त्री कँडेल

वीरेन्द्रनगरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा भएको स्थानीय तहहरूबाट सञ्चालन भएका असल अभ्यास प्रस्तुतिकरण कार्यर्क्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको भूगोलमा सुहाउने नीति बनाउन आवश्यक रहेको बताए । ‘समग्र देशको नीतिले कर्णालीको विकास र समृद्धिमा कहाँनिर सहयोग पुग्छ,’ उनले भने, ‘कर्णालीको विशेषताको आधारमा नीति बनाएर लागू गर्न सके मात्रै यहाँको विकास र समृद्धि सम्भव छ ।’ राम्रो काम गरिरहेका स्थानीय तहबाट सिकेर काम गर्न सकिने उनको भनाइ छ । ‘ठूलो भूगोल, प्राकृतिक स्रोत साधनले धनी भएर के गर्ने कर्णालीमा पूर्वाधार विकास शून्य छ,’ उनले भने ।

गाउँपालिका राष्ट्रिय महासंघका संयोजक निमबहादुर केसीले स्थानीय तह घाटामा चलेको बताए । समानीकरणको बजेट कार्यान्वय गर्ने बेलामा संघ सरकारले कटौती गर्ने उनको भनाइ छ । ‘स्थानीय तहले गर्ने काम संघ सरकार र प्रदेश सरकारले गरेको ,’ उनले भने, ‘एउटै काम तीन तहका सरकारले काम गर्दा विकास होइन, विनास हुने रहेछ ।’

नेपाल नगरपालिका संघ केन्द्रीय सचिवालय सदस्य तथा सारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले अख्तियारको कार्यालय तीन तहका सरकारका लागि हाउगुजीजस्तो भएको बताए । ‘स–साना कामका लागि वडाध्यक्षले सिफारिस दिन नसक्ने अवस्था छ,’ उनले भने, ‘कर्मचारीहरू अख्तियारको कार्यालय सम्झँदै काम गर्न मानदैनन्, अनि जनप्रतिनिधि एक्लै तातिएर कहाँ विकास हुन्छ ?’ तीन तहका सरकारसँग विकासको मोडल फरक–फरक हुनुपर्ने प्रमुख भण्डारीको भनाइ छ।

प्रकाशित : वैशाख १२, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?