विकासको नाममा राप्ती राजमार्ग दैनिक सात घन्टा बन्द 

विप्लव महर्जन

सल्यान — राप्ती राजमार्ग सोमबारदेखि दैनिक सात घन्टा बन्द गरिएको छ । राप्ती राजमार्गको कपुरकोटदेखि राम्रीसम्म सडक स्तरोन्नति गर्नको लागि भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र यातायात ब्यवसायीको सहकार्यमा सुचना प्रकाशन गरी २० दिनका लागि दैनिक ७ घण्टा बन्द गर्ने निर्णय सुनाएका हुन् ।

विकासको नाममा राप्ती राजमार्ग दैनिक सात घन्टा बन्द 

छिनछिनमा चल्ने साना ठुला गाडीका कारण निर्माणको काममा बाँधा पुग्ने र सडकको अवरोध हटाउँदै गाडी पास गराउँदा निर्माण कम्पनीले समयमै काम गर्न नसक्ने भएकाले तोककै समयमा काम सम्पन्न गर्न दैनिक सात घन्टा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

राप्ती राजमार्ग विहान १२ बजदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म सात घन्टा सडक बन्द हुनेछ । उनका अनुसार बन्दको समयमा साना गाडीमा सवार गर्दा बैकल्पिक मार्ग कपुरकोट–किमुचौर–साताबास–पैयाखोरिया भएर आउजाउ गर्न सक्ने छन् ।

दिउँसो १२ देखि ४ बजेसम्म र राति ९ देखि १२ बजेसम्म गाडीको चाँप नपर्ने भएकाले गाडी व्यवसायीलाई खासै असर नपर्ने र लामो समय कुर्न नपर्ने उनको भनाइ छ ।

प्रकाशित : चैत्र २६, २०८० १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?