२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

विप्लव मर्हजन

सल्यान — सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका-८ कोटमोलाको भित्री सडकखण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका-६ बडागाउँका १९ वर्षीय जनक बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

जिल्ला प्रहरी कायालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका बिकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको उनको भनाइ छ ।

प्रकाशित : माघ १८, २०८० १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?