१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

तिला नदी किनारमा युवती मृत भेटिइन्

डीबी बुढा

जुम्ला — जुम्लाको तिला गाउँपालिकास्थित तिला नदी छेउमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । कनकासुन्दरी ६ की २२ वर्षीया सिर्जना रोकाया पछाईको शव मंगलबार नदी किनारमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका ७ स्थित तिला नदी छेउमा उनको शव भेटिएको हो ।

नदीमा माछा मार्न गएकाहरूले उनको शव फेला पारेका थिए । शव भेटिने बित्तिकै स्थानीयले नाग्म प्रहरी चौकीलाई खबर गरेका थिए । उनको माइतीघर तिला २ लर्मीगाउँमा पर्छ ।

नाग्म प्रहरी चौकीले घटनास्थलबाट मुचुल्का बनाएर पोष्टमार्टमका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाएको छ ।

रोकाया एक साताअघि माइती घर जाने भनेर घरबाट हिँडेको र एकाएक सम्पर्कविहीन भएको मृतकका आफन्तलाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०८० १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?