सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

वीरेन्द्रनगर — सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियुका अक्कल सिजापति ९६७ मत प्राप्त गर्दै स्ववियु सभापतिमा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका क्रान्तिकारीका हिक्मत शाहीलाई हराए । गठबन्धनका शाहीले ४८८ मत प्राप्त गरेका छन् ।
सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकाल विजयी भएका छन् ।
यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ललिता राना ७७० मतसहित विजयी भएकी छन् । सदस्यहरूमा सबै अनेरास्ववियुका विजयी भएका छन् ।
प्रकाशित : चैत्र ७, २०७९ ०८:५४