कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

प्रहरीद्वारा १५ केजी गाँजा बरामद

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध (गाँजा) बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीको मोबाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका १ स्थित नौडिहवाबाट गाँजा बरामद गरेको हो । 

प्रहरीद्वारा १५ केजी गाँजा बरामद

शनिबार बिहान ६:४५ बजे बेवारिसे अवस्थामा झोलामा रहेको र्‍यापिङ सहितको गाँजा बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले बताए ।

गत वैशाख ४ गते सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगरको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले रोहिणी गाउँपालिका १ मा भारतीय कन्टेनरबाट २७२.३३ केजी गाँजा बरामद गरेको थियो ।

प्रकाशित : वैशाख ८, २०८१ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?