कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

देउखुरीमा बस दुर्घटना, २४ जना घाइते

दाङ — देउखुरीमा बुधबार दिउँसो बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ वनगाउँमा बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३३६ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस ठोकिँदा दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

देउखुरीमा बस दुर्घटना, २४ जना घाइते

घाइतेमध्ये ८ जनालाई उपचारका लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

घाइते हुनेहरुमा घोराही उपमहानगरपालिका १५ का विनोद पौडेल, राप्ती गाउँपालिका २ लालमटियाकी चन्द्र कमला थापा, घनश्याम थापा, रूपन्देही देवदह नगरपालिका ४ का रुद्रप्रसाद पौडेल, बुटवल उपमहानगरपालिका ११ की पार्वती अर्याल, रोल्पा थबाङ गाउँपालिका ३ का दीपेन्द्र बुढामगर, छोरा सुमन बुढा मगरलगायत छन् ।

घाइतेमध्ये केहीलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।

प्रकाशित : चैत्र २१, २०८० १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?