कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

माधव अर्याल

पाल्पा — जंगलमा लुकाएको अवस्थामा पाल्पामा ५ वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । गस्तीमा खटिएको टोलीले पाल्पाको रैनादैवी छहरा गाउँपालिका ७ बल्ढेङगढीको ढाबास्थित भोर्लेघाट सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट एक नाले भरुवा बन्दुक दुई थान फेला परेको छ ।

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

सोही जंगलमा छर्रा र बारुदसहितको झोलासमेत फेला परेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । बल्ढेङगढीकै चन्द्रकार सामुदायिक वनमा ढुंगा मुनी लुकाइराखेको अवस्थामा एक नाले भरुवा बन्दुक तीन थान फेला परेको प्रहरीले जनाएको छ । सोही स्थानमा छर्रा र बारुदसहित फेला परेको छ ।

बेवारिसे अवस्थामा फेला परेको बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०८० २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?