कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

अमृता अनमोल

बुटवल — खस्कँदै गएको अर्थतन्त्रलाई उकास्ने लक्ष्यसहित बुटवलमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारासहित रुपन्देही व्यापार संघको आयोजनामा लुम्बिनी एक्स्पो आयोजना गरिएको हो ।

बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बुटवलमण्डपमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मेला उद्घाटन गरे । मेलामा ६०० वटा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरु सहभागी छन् ।

मेलामा कृषि, महिला उद्यमी एवं सामाजिक संघसंस्थाहरुलाई निःशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको आयोजक संस्था रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । मेला करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार हुने आयोजकको लक्ष्य छ ।

मेलामा आकर्षणका लागि विभिन्न सांस्कृतिक कार्यक्रम राखिएको छ ।

मेला उद्घाटनअघि मेलास्थल बुटवलमण्डपबाट विभिन्न जातजाति, धर्म, समुदायको लोक संस्कृति झल्किने खालका झाँकीसहित जनचेतनामूलक र्‍याली आयोजना गरिएको थियो । र्‍यालीले बुटवल बजार परिक्रमा गरेको थियो । मेला पुस १८ गतेसम्म चल्ने छ ।


प्रकाशित : पुस ५, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?