३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

गुलरिया नगरपालिकाको १ अर्ब ५ करोडको बजेट

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिकाकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । नगरप्रमुख मुक्तिनाथ यादवले भौतिक तथा पूर्वधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवा सुधार लगायत पर्यटनमा टेवा पुराउने ऊद्देश्यमा नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए ।

गुलरिया नगरपालिकाको १ अर्ब ५ करोडको बजेट

नीति तथा कार्यत्रममा एक पालिका एक औद्योगिक ग्राम अन्तर्गत गुलरिया—८ कुडियापरीमा रहेको १२ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम स्थपनाका लागि चारैतिर पर्खाल लगाउने उनले बताए । नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएपछि उपप्रमुख सावित्रा गौतमले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ५ करोड ४९ लाख ४२ हजार ६ सय २२ रुपैयाँको बजेट सार्वजनिक गरेकी छन् ।

आगामी आवका लागि भौतिक पूर्वधार तर्फ गुलरियाको १२ वटै वडामा ६० लाखको दरले ७ करोड २० लाख बजेट विनियोजन गरिएको छ । यसैगरी शिक्षामा ३ करोड, स्वास्थ्यमा १ करोड ५० लाख र पशु तथा कृषितर्फ ६६ लाख विनोयोजित गरिएको छ । नगरको सुरक्षाका लागि २० लाख बजेट सीसी क्यामेराका लागि समावेश गरिएको छ । आगामी आव देखि ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने बजेटमा उल्लेख छ । यसैगरी गुलरियाबासीका लागि शव बाहन निःशुल्क गरिएको छ । बर्दियाका आठै वटै पालिकामा नीति तथा कार्यक्रम भइरहेको छ ।


प्रकाशित : असार १०, २०८० १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?