२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

जबर्जस्ती करणी आरोपमा पाल्पामा दुई पक्राउ 

माधव अर्याल

पाल्पा — जबर्जस्ती करणी आरोपमा पाल्पामा बुधबार दुई जना पक्राउ परेका छन् । तानसेन नगरपालिकास्थित ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही कोटहिमई गाउँपालिका–२, घर भई तानसेन नगरपालिका–६, बस्ने १८ वर्षीय किसमोहन लोध र रुपन्देहीकै गैडहवा गाउँपालिका–६, घर भई तानसेन बस्ने ५६ वर्षीय महताम लोध पक्राउ परका हुन् । 

जबर्जस्ती करणी आरोपमा पाल्पामा दुई पक्राउ 

खानेपानी ट्यांकी निर्माणमा आएका दुई जनाले महिलालाई घर नजिकैको खोल्सामा जबर्जस्ती करणी गरेको जाहेरी निजको छोरीले दिएपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?