कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

मार्च ९ देखि जजिराले भैरहवामा उडान भर्ने

सन्जु पौडेल

तिलोत्तमा — जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुन: सञ्चालन गर्ने जनाएको हो ।

मार्च ९ देखि जजिराले भैरहवामा उडान भर्ने

यस विषयलाई लिएर सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफल भएको थियो ।

२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

जजिरा एयरलाइन्सको नेपालस्थित कर्मशियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुन: उडान सञ्चालन गर्ने जनाएको छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश भएको अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटल सञ्चालनमा लागि अर्बौं लगानी गरिएको छ । लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनुपर्छ ।’

प्रकाशित : फाल्गुन ५, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?