१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डढेलो गाउँमा सल्किँदा ४ घर गोठ जले

नारायण शर्मा

पूर्वी नवलपरासी — मध्यविन्दु नगरपालिकाका दुई गाउँमा आगलागी हुँदा ४ वटा घरगोठ जलेको छन् । सोमवार दिउँसो गाउँमा पसेको डढेलोले चनौटे र सुर्खा जंगल किनारका बस्तीका भैँसी बाख्रा समेत मरेका छन् ।

डढेलो गाउँमा सल्किँदा ४ घर गोठ जले

मध्यबिन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खाको जंगलमा लागेको डढेलो बस्तीमा पस्दा त्यहाँका ४ वटा घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार आगलागीबाट चनौटेतर्फको जंगल नजिक निवासी स्थानीय नवलसिंह ढेंगाको ढुङ्गा माटो र जस्ताले छाएको दुईतले कच्ची घर, गोठ सुंगुरको खोर, लत्ताकपडा भाँडाकुँडा र नगद डेढ लाख रुपैयाँ जलेर नष्ट भएको छ । उनका छिमेकीका अन्य ३ घर र गोठ जलेको छन् ।

आगो निभाउने क्रममा श्री ज्ञानज्योती स्कुलका शिक्षक गंगा प्रसाद घिमिरे सामान्य घाइते भएका छन् । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका र बिनयी त्रिवेणी गाउपालिका क्षेत्रको वनमा डढेलोले स्थानीय हैरान छन् । बस्ती नजिक आएको डडेलोबाट स्थानीयबासी त्रसित बनेका छन् ।

प्रकाशित : वैशाख १०, २०८१ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?