कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

गोरखा — यातायात मजदुर कुटपिटमा संलग्नलाई कारबाहीको माग राख्दै यातायात व्यवसायीले गोरखामा सार्वजनिक यातायात बन्द गरेका छन् ।

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

गत आइतबार बाह्रकिलोबाट ठाँटीपोखरी जाँदै गरेको ग १ ख ७१९१ नम्बरको यात्रुवाहक वस र विपरीत दिशाबाट आइरहेको बा २० च ५८५८नम्बरको निजी कार ठोक्किएका थिए ।

सोही विषयलाई लिएर बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि कुटपिट भएको यातायात मजदुरहरूले बताएका छन् । मजदुरमाथि गोरखा नगरपालिका– ७ का हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समिर श्रेष्ठले हातपात गरेको अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रशासनमा मंगलबार बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

घटनाका दोषीउपर कानुनबमोजिम कारबाही गरी सुरक्षाको प्रत्याभूतिको माग राख्दै यातायात बन्द गरेको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष निर्मल रानाले बताए । ‘कानुनअनुसार कारबाहीको माग राखेका छाौ, प्रहरी प्रशासन छलफल पनि भइरहेको छ, पहिलो चरणको छलफलमा कुरो मिलेन, अब फेरि छलफलमा जुट्दैछौँ,’ उनले भने ।

दोषीलाई कारबाहीका लागि सरोकार राख्ने निकायमा उजुरी गर्दा पनि जाहेरी दरखास्त लिन नमानेको मजदुरको गुनासो छ । सार्वजनिक यातायात बन्द हुादा गन्तव्यमा पुग्ने यात्रुहरूको समस्यामा परेका छन् । सदरमुकामको हरमटारी, बाह्रकिलोलगायतका सडकका किनारमा बिहानैदेखि सवारी कुरेर बसेका यात्रु गन्तव्यमा जान पाएका छैनन् ।

मजदुरको मागको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि निरन्तर छलफल भइरहेको छ, कुनै निष्कर्ष आएन भने पनि कानुनी प्रक्रियाअनुसार अघि बढछाौ,’ उनले भने ।

प्रकाशित : चैत्र १४, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?