कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौरीले चिल्दा ८ जना विद्यार्थी घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी कावासोतीको एक स्कुलमा मौरीले चिल्दा ८ जना विद्यार्थी घाइते भएका छन् ।

कावासोती नगरपालिका वडा नम्बर १६ डण्डामा रहेको जनता माविमा अध्ययनरत ८ जना विद्यार्थीलाई आज बिहान साढे दश बजेतिर समयमा मौरीले चिलेको हो । उनीहरू सबै २, ३ र ४ कक्षामा पढ्दै गरेका स-साना विद्यार्थी हुन् ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुलनजिक रहेको घारबाट निस्केका मौरीले चिलेको प्रहरीको भनाइ छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०८० १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?