कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

बस्तीमै पुगेर योजना सम्झौता गर्दै अन्नपूर्ण गाउँपालिका

घनश्याम खडका,

म्याग्दी — जिल्लाको अन्नपूर्ण गाउँपालिकाले टाढाटाढाका वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता प्रक्रियालाई सहज बनाउन बैंकसहित वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो । 

बस्तीमै पुगेर योजना सम्झौता गर्दै अन्नपूर्ण गाउँपालिका

गाउँपालिका उपाध्यक्ष दीवाकुमारी तिलिजाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर तथा पालिकाको सरकारी बैंकिङ कारोबार गर्ने प्रभु बैंकका कर्मचारीहरुसमेत टोली पुगेर उपभोक्ता समितिको बैंक खाता सञ्चालन तथा योजनाहरु सम्झौता सुरु गरेको हो । पालिकाबाट वडा नं ८ राम्चेबाट सुरु गरिएको योजना सम्झौता घुम्ती अभियान मंगलबार वडा नं ७ हिस्तान हुँदै ३ नम्बर वडा दानासम्म गरिने भएको पालिकाले जनाएको छ ।

‘योजना सम्झौता गर्न टाढाका वडाबाट पालिका केन्द्रसम्म आइपुग्न सहज यातायात चल्दैन, जिप रिजर्भ गरी आउनु पर्ने, एकै दिनमै काम नसकिने र फर्कन उस्तै झन्झट । योजनामा विनियोजित बजेट योजना सम्झौता र फरफारक गर्न पालिका मुकाम जाँदै सकिने अवस्था अन्त्य गर्न वडामै पुगेर योजना सम्झौता शिविर सुरु गरेका हौं,’ उपाध्यक्ष तिलिजाले भनिन्, ‘गाउँमै इन्जिनियरहरुसहित राखेर योजना सम्झौता भएपछि उपभोक्ता समितिहरु पनि उत्साही भएका छन् ।’

वडा तहमा योजना सम्झौता शिविरसँगै उपभोक्ता समितिहरुलाई योजना कार्यान्वयनको नीतिगत व्यवस्था, व्यवस्थापकीय तथा लेखा व्यवस्थापनसम्बन्धी एक दिने तालिम पनि सञ्चालन गरिएको थियो ।


प्रकाशित : पुस ३, २०८० १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?