कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लमजुङमा राष्ट्रिय परिचय पत्र वितरण

आश गुरुङ

लमजुङ — जिल्ला प्रशासन कार्यालयले लमजुङमा राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । विवरण संकलन थालेको ३ वर्षपछि लमजुङमा राष्ट्रिय परिचय पत्र हुन थालेको हो ।

लमजुङमा राष्ट्रिय परिचय पत्र वितरण

जिल्ला प्रशासन कार्यालयले २०७७ साल साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरु गरेको थियो । पहिलो चरणमा विवरण संकलन गरिएको २ हजार ४ सय ८७ जनाको परिचय पत्र बनेर आएको र वितरण कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

उनका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रिन्ट गरेर पठाएको परिचय पत्र सिष्टममा ‘इन्ट्री’ गरेर वितरण थालिएको छ ।

परिचय पत्र आएकोबारे प्रशासनले पहिले विवरण भर्दा उल्लेखित मोबाइल नम्बरमा राष्ट्रिय परिचय पत्र आएकोबारे जानकारी पठाउने गरेको छ । त्यसपछि परिचय पत्र लिनका विवरण संकलन गर्दा प्रशासन कार्यालयले दिएको एक प्रति कागज लिएर स्वयं उपस्थित हुनुपर्ने उनले बताए । लमजुङमा राष्ट्रिय परिचय पत्रका लागि प्रशासन कार्यालयले १ लाखभन्दा बढीको विवरण संकलन गरिसकिएको छ । लमजुङमा २०७९ माघ ४ गतेदेखि २०८० बैशाख ३० सम्म जिल्लाको ७५ वटै वडामा पुगेर विवरण संकलन गरेको थियो ।

प्रशासन कार्यालय लमजुङबाट हालसम्म २२ हजार २ सय १४ पुरुष, १७ हजार ६ सय ९१ महिला गरी ३९ हजार ९ सय ५ जनाको विवरण संकलन भएको छ । अभियान अन्तर्गत ६० हजार ४ सय ४६ जनाको विवरण संकलन भएको छ । कूल १ लाख ३ सय ५१ जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए ।

लमजुङमा पहिलो वर्ष २०७७ मा २ हजार ७ सय ४५ पुरुष र २ हजार १ सय ९२ महिला, २०७८ मा ४ हजार २ सय ३ पुरुष र २ हजार ४ सय १६ महिला, २०७९ मा १२ हजार ८ सय ८४ पुरुष र १० हजार १ सय ६९ महिला साथै २०८० मा २३ हजार ८ सय ८२ पुरुष र २ हजार ९ सय १४ महिलाको विवरण संकलन गरिएको थियो ।

प्रकाशित : श्रावण १६, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?