कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब  ५१ करोड

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन्  । 

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब  ५१ करोड

चालु आर्थिक वर्षमा ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षको बजेट चालु वर्षको भन्दा ३६ करोड १७ लाख ६७ हजारले बढेको हो ।

बजेटमा संघीय सरकारको अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार, संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रूपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८३लाख ६१ हजार, रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार स्रोत व्यवस्था हुने उल्लेख छ ।

नगर विकास कोषबाट ऋण स्वरूप ४ करोड ४८ लाख ८० हजार रूपैयाँ लिइने बजेटमा उल्लेख छ । महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो ।

प्रकाशित : असार १०, २०८१ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×