कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सर्वसाधारणका लागि खुल्यो रत्न मन्दिरको ढोका

प्रतीक्षा काफ्ले

कास्की — रत्न मन्दिर आजदेखि अवलोकन र भ्रमणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले पोखरेली जनताको चाहना अनुसार रत्म मन्दिरको ढोका खुला गरिएको बताएका छन् । स्थानीयको माग बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा रत्न मन्दिरको ढोका सर्वसाधरणका लागि सधैंका लागि खुला गरिएको उनले बताए ।

सर्वसाधारणका लागि खुल्यो रत्न मन्दिरको ढोका

नेपाल ट्रष्ट कार्यालयका अध्यक्षसमेत रहेका मन्त्री किरातीले गणतन्त्र दिवसको अवसर पारी रत्म मन्दिर खुला गराएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र लागू भइसक्दा राजदरबार सर्वसाधारणको लागि बन्द गराइनु हुँदैन,’ उनले भने, ‘दरबार इतिहास हुन् । संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउनुपर्छ ।’ उनले राजतन्त्रको समयमा राजा र जनताबीचको दुरीजस्तै गणतन्त्रमा राजा र जनताजस्तै फरक देखिन नहुने बताए । ‘२०१५ सालको विकास हेर्नुस् । त्यस बेलाको समय कस्तो थियो ? अब देशमा गणतन्त्र आइसकेको छ । जनता र सरकारको दुरी नजिक छ । सबै पुरानै शैलीमा अघि बढ्न हुँदैन । रत्न मन्दिर राजतन्त्रमा जस्तै लुकाउनुपर्ने अवस्था छैन । स्वदेशी, विदेशी सबै नागरिकले प्रवेश गर्न पाउनुपर्छ ।’

रत्न मन्दिर नेपाल ट्रष्टको कार्यालय अन्तर्गत थियो । अघिल्ला वर्षमा रक्षा मन्त्रालय अन्तर्गत रहेको नेपाल ट्रष्टलाई प्रधानमन्त्री दाहालले पर्यटन मन्त्रालय अन्तर्गत कायम गरेका थिए । त्यसपछि जनताको माग अनुसार रत्न मन्दिरको ढोका खोलिएको मन्त्री किरातीले बताए । उनले अब हिमा गृहको ढोका पनि सर्वसाधारणका लागि खुला गरिने बताए । ‘यहाँ ट्रष्टको नाममा धेरै जग्गा छ,’ उनले भने, ‘क्रमश: सबै ठाउँ जनताका लागि खुला गरिनेछ ।’ रत्न मन्दिरको ढोका खोलिएसँगै पर्यटकको लागि प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनको विश्वास छ । ‘रत्न मन्दिर खुला गरेसँगै पर्यटकको एक दिन समय लम्ब्याउन सकिन्छ,’ उनले थपे । राजा महेन्द्रले रानीको लागि बनाइएको मन्दिर बनेर पनि बुझ्न सकिन्छ ।

यसअघि प्रधानमन्त्री दाहालले उद्घाटन गरेको पोखरा क्षेत्रीय अर्न्तराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहिल भइरहेको मन्त्री किरातीले बताएका छन् । उनले जुन २२ बाट चीन र भारत सीधा उडान हुने बताउँदै यसका लागि दुवै देशसँग सम्झौता भइसकेको बताए । उनले पोखराको नयाँ विमानस्थलबाट व्यावसायिक उडान हुने दाबी गरे । ‘पोखरा विमानस्थल वैदेशिक र कूटनैतिक भेटघाटका लागि चीन र भारतको बीचमा पर्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १५, २०८० १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?