२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

खोंचमा खसेकी बालिकाको निधन

अनिश भट्टराई

गण्डकी — कास्कीको पोखरा महानगरपालिका-१५ सेती किनारको खोंचमा खसेकी बालिकाको निधन भएको छ । पोखरा-८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टापछि मात्रै उनको उद्धार भएको थियो ।

उद्धारपछि बालिकालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार पराजुली काठमाडौंबाट छुट्टीमा घर आएकी थिइन् ।

काठमाडौंमै अध्ययनरत पराजुली शनिबार साथीसँग घुम्न सेती किनार पुगेकी थिइन् ।


प्रकाशित : वैशाख २, २०८० १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?