पोखरामा सहकारी सञ्चालकद्वारा आत्महत्या- गण्डकी - कान्तिपुर समाचार

पोखरामा सहकारी सञ्चालकद्वारा आत्महत्या

दीपक परियार

पोखरा — कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । 

घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा छिन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार जारी छ ।

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । खातीले धेरै ऋण रहेको र दुई/तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।

खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए । खातीका एक छोरी र छोरा छन् ।

प्रकाशित : माघ १५, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा जलेर दुई घाइते

दीपक परियार

काठमाडौँ — पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका छन् । आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीको उद्धार गर्न खोज्दा घरबेटी संगीता सापकोटा समेत जलेर घाइते हुन पुगेकी छिन् ।

दुवैलाई छिमेकीहरुले उद्धार गरीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन् । उनीहरुको त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरिक्षक सुभाष तिमिल्सिनाले बताए । क्षेत्रीले किन आत्मदाहको प्रयास गरे भन्ने यकिन थाह नभइसकेको पनि प्रहरी निरिक्षक तिमिल्सिनाले जानकारी दिए ।



प्रकाशित : माघ १५, २०७९ १३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×