कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा टिपरको ठक्करबाट महिलाको मृत्यु 

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा टिपरको ठक्करबाट आइतबार महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ बागमाराकी ६० वर्षीया टीकादेवी चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

तनहुँमा टिपरको ठक्करबाट महिलाको मृत्यु 

कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाईंको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, 'दुर्घटनामा परी गम्भीर घाइते भएकी टीकादेवीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी सोही ठाउँ बस्ने स्कुटर चालक ३३ वर्षीया लीलादेवी नेपालीको भने मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।'

टिपर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?