कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मनहरी गाउँपालिकाले दाहसंस्करण गर्न आर्थिक सहयोग गर्ने

मकवानपुर — मकवानपुरको पश्चिम क्षेत्रमा अवस्थित मनहरीले गाउँपालिकाकाले अन्तिम संस्कार (दाहसंस्कार/अन्त्येष्टि) का लागि गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

मनहरी गाउँपालिकाले दाहसंस्करण गर्न आर्थिक सहयोग गर्ने

मनहरीले बुधबार १६ औं गाउँसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ बाट गरिब तथा विपन्न परिवारलाई दाहसंस्कार गर्न आर्थिक सहयोग गर्ने जनाएको हो । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार कतिपय विपन्न परिवारहरुमा आर्थिक अवस्थाका कारण काजकिरिया खर्चका लागि समस्या हुने गरेको पाइएपछि यस्तो नीति अवलम्बन गरिएको बताए ।

‘मानिसको मृत्यु भएर अन्तिम संस्कार गर्ने अवस्थामा पालिकाले केही सहयोग गर्न सके ठूलो राहत मिल्नेछ । धेरै परिवारको कमाएर पाल्ने मान्छेकै मृत्यु हुँदा ठूलो कष्ट व्यहोर्नु परेको हामीले देखेपछि त्यस्ता परिवारलाई सहयोग गर्ने नीति लिइएको हो,’, उनले भने । पालिकाले आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलियत दिने नीति लिइएको बताए । पालिकाको सिफारिस वा परिचयपत्रको आधारमा गरिब तथा विपन्न नागरिकलाई यातायात भाडा छुटका लागि सार्वजनिक यातायात व्यवसायीसँग सम्झौता गरिने बताए । ‘गरिब तथा विपन्न परिवारलाई मनहरीको लोथरदेखि हेटौंडा बजारसम्म आउजाउ गर्दा यातायात भाडामा पूर्णरुपमा छुट दिने व्यवस्था मिलइनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।

उनले दुवै नीति कार्यान्वयका लागि आवश्यक तयारी भइरहेको बताए । ‘हामी कार्यविधि बनाएर यस कार्यलाई लागू गर्नेछौं’,उनले थपे । गाउँपालिकाले विशेषगरी कृषि क्षेत्रलाई लक्षित गरेर नीति तथा कार्यत्रम ल्याएको छ । यस पालिका कृषि उत्पादनको हिसावले देशमै चर्चित पालिका हो ।

प्रकाशित : असार ५, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×