२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दोलखामा आगलागीमा ३ घर जले

दोलखा — दोलखाको उत्तरी कालिञ्चोक गाउँपालिका–४ बिसमुरेमा आगलागीमा ३ घर जलेर नष्ट भएका छन् । बुधबार राति विद्युत् सर्ट भएर लागेको आगोले स्थानीय खड्गबहादुर खत्री, दीपक खत्री र महेन्द्र खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

राति ११ बजेतिर खड्गबहादुरको घरमा एक्कासि विद्युत् सर्ट भएर लागेको आगो फैलिएर छिमेकीका घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ३ वटा घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै लत्ताकपडा, भाँडावर्तन र अन्तपातसहित घरमा रहेको सुन र नगदसमेत जलेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख ६, २०८१ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चक्रपथ विस्तार ढिलाइ भएको भन्दै सडक विभागको कार्यलयको गेटमा धुलो थुपार्ने काठमाडौं महानगरपालिकाको कदम कस्तो लाग्यो ?