१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली — रुख ढाल्ने क्रममा उछिट्टिएको हाँगाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–१ को तीनतले पाखास्थित घागर ठाकुर सामुदायिक वन समूहको जंगलमा चिलाउनेको रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर वडा नम्बर–५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनको ठेक्का लागेको रुख ढाल्दा हाँगाले टाउकोमा लागेर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।


प्रकाशित : चैत्र ४, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?