२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

तीन सामुदायिक विद्यालयमा निजी स्कुलले खोल्यो साढे चार लाखको अक्षयकाेष

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमाडीमा रहेको एक निजी स्कुलले सदरमुकामका तीन वटा सामुदायिक विद्यालयमा साढे चार लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएको छ ।

तीन सामुदायिक विद्यालयमा निजी स्कुलले खोल्यो साढे चार लाखको अक्षयकाेष

भगवती आवासीय अंग्रेजी माविले सामुदायिक विद्यालयको स्तरवृद्धि र सम्बन्ध सुधारका लागि भन्दै गौतमी, सिद्धबाबा र जनज्योति मावि फोस्रेटारमा अक्षयकोष स्थापना गरेको भगवतीका अध्यक्ष संजकुमार दाहालले जानकारी दिए ।

हरेक विद्यालयमा डेढ लाख रुपैयाँको कोष स्थापना गरिएको छ । अब त्यसको ब्याजबाट वार्षिकरुपमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।




प्रकाशित : फाल्गुन ३०, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?