२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री आउँदै

टीकाप्रसाद भट्ट

रामेछाप — गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार रामेछापको सुनापति आउन लागेका छन् । सुनापति गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल मध्यान्ह सुनापतिको हिलेदेवी आउने औपचारिक जानकारी आएको जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

पालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री आउँदै

प्रधानमन्त्रीको भ्रमण हुने भएकाले बुधबारदेखि नै सुनापति क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२०५२ सालमा जनयुद्ध सुरु भएपश्चात तत्कालीन माओवादीले राज्यविरुद्ध हतियार मार्फत बेथान प्रहरी चौकीमा आक्रमण गरेकै दिन पारेर पुस १९ गते रामेछापको सुनापति गाउँपालिकाको भवन उद्घाटन गर्न लागिएको हो ।

२०५३ साल पुस १९ गते राति माओवादीको आक्रमणबाट तत्कालीन बेथान गाविसको पानीघाटमा रहेको प्रहरी चौकीमा कार्यरत २ जना प्रहरीको मृत्यु भएको थियो भने माओवादी तर्फ कमाण्डर सहित ३ जनाको मृत्यु भएको थियो । घटनास्थलमा माओवादीले हरेक वर्ष पुस १९ गते बेथान विरता दिवस कार्यक्रम मनाउँदै आएको छ । उक्त स्थानमा पार्क र सो घटनामा मारिएका माओवादीको सालिक निर्माण गरिएको छ ।

प्रकाशित : पुस १९, २०८० ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?