२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

मन्थलीमा बौलाहा कुकुरको बिगबिगी

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिका-१ मा बौलाहा कुकुरको बिगबिगी बढेको छ । कुकुरको टोकाइबाट दुई दर्जनभन्दा बढी घाइते भइसकेका छन् । गएको सातादेखि मन्थलीका विभिन्न टोलमा बौलाहा कुकुरको बिगबिगी बढेको हो । बिहीबारमात्रै ९ जनालाई कुकुरले टोकेर घाइते बनाएपछि अस्पताल पुगेका छन् ।

मन्थली अस्पतालका चिकित्सक डा. केशव धामीका अनुसार बिहीबार बिहानदेखि साँझसम्म ९ जनालाई कुकुरले टोकेको छ । स्थानीय भैंसेश्वर क्षेत्रमा कुकुरले धेरैलाई टोकेको उनले बताए । 'कुकुरले टोकेका बिरामी दैनिक ५/६ जना आइरहेका छन्, ' उनले भने, 'यसरी बिरामी आइरहेको एक साता बितिसकेको छ ।'

कुकुरले टोकेको उपचारका लागि तीन प्रकारको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । दुई प्रकारका भ्याक्सिन अस्पतालमा भए पनि जटिल प्रकारका घाइतेलाई भने जिल्लामा उपचार गर्ने भ्याक्सिन छैन । कुकुरले टोकेर गहिरो घाउ बनाएका बिरामीलाई दिनुपर्ने औषधि मन्थली अस्पतालमा मात्र हैन, जिल्लाभर उपलव्ध नहुँदा बिहीबार मात्र ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको डा. धामीले बताए ।

प्रकाशित : पुस १२, २०८० २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?